तिहारका लागि करिब ६० करोडको झिलिमिली बत्ती आयात

Yangle News
Yangle News
२०८० कार्तिक २३ गते
तिहारका लागि करिब ६० करोडको झिलिमिली बत्ती आयात

 

तिहार सुरु हुनै लाग्दा बिद्युतीय समाग्रीका पसलहरुमा ग्राहको भीड बढ्न थालेको छ । तिहारमा विभिन्न प्रकारका झिलिमिली बत्तीको व्यापार फस्टाउँछ । केही वर्षअघि लोडसेडिङ हुँदा झिलिमिली बत्तीको व्यापार न्यून भए पनि अहिले लोडसेडिङको अन्त्यसँगै व्यापार फस्टाएको हो । तिहारमा उच्च खपत हुने झिलिमिली बत्ती नेपालमा उत्पादन हुँदैन । जसको आयातमा नेपालबाट करोडौं रकम बाहिरिने गरेको छ ।

यस वर्ष तिहारका लागि करिब ६० करोडको झिलिमिली बत्ती आयात भएको नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेशमकुमार देवकोटाले बताए ।

विद्युतीय व्यवसायीले मात्र ४५ करोडको झिलिमिली बत्ती आयात गरेका छन् भने खुद्रा व्यापारीका तर्फबाट १५ करोडको आयात भएको छ । नेपालमै उत्पादन नहुने भएपछि ९० प्रतिशत झिलिमिली बत्ती चीनबाट र बाँकी १० प्रतिशत भारतबाट भित्र्याइएको छ ।

तिहार सुरु भएलगत्तै यस्ता बत्तीको माग बढ्दै जान्छ । बिजुली पसलदेखि विभिन्न खुद्रा पसलमा समेत सिजनल व्यापारका रुपमा यो बत्ती बेच्ने गरिन्छ ।

बाहिरबाट नेपाल भित्र्याइएको कुल ६० करोडको झिलिमिली बत्तीमध्ये करिब १५ प्रतिशत उपत्यकामै खपत हुने अध्यक्ष देवकोटाले बताए ।