डिलेज र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

Yangle News
Yangle News
२०८० जेष्ठ २ गते
डिलेज र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

 

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले मंगलबार रातिबाट लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर दस-दस रुपैयाँ घटाउने निर्णय गरेको हो ।

यससँगै डिजेल र मट्टितेलको मूल्य अब प्रतिलिटर १ सय ५५ रुपैयाँ भएको छ । पेट्रोल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले सोमबार पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ९.५२ रुपैयाँले घटाएर पठाएको थियो । तर नेपाल आयल निगमले भने पेट्रोलको मूल्य यथावत राखेको छ ।

नेपाल र भारतको सीमानामा समान मूल्य कायम गर्ने मान्यताअनुसार सञ्चालक समितिले पेट्रोलको मूल्य यथावत राख्ने निर्णय गरेको हो । नयाँ सूचीअनुसार भारत (रक्सौल) मा नेपालभन्दा २३ पैसा र डिजेल १ रुपैयाँ ५६ पैसा सस्तो पर्ने र युसले  नेपालबाट हुने पेट्रोलियम पदार्थको तस्करी रोकिने निगमको दाबी छ ।

 

290 views