महालक्ष्मी बैंकका ग्राहकले गैर कोष बैंकिङ्ग सुविधा ग्लोबल आइएमई बैंकबाट पनि लिन सक्ने

Yangle News
Yangle News
२०८१ अशोज ३० गते
महालक्ष्मी बैंकका ग्राहकले गैर कोष बैंकिङ्ग सुविधा ग्लोबल आइएमई बैंकबाट पनि लिन सक्ने

 

महालक्ष्मी विकास बैंकका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदि सुविधा महालक्ष्मी विकास बैंकको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपभोग गर्न पाउने भएकाछन ।

ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

ग्लोबल आइएमई बैंकका ७७ वटै जिल्लामा शाखाहरु सञ्चालनमा छन् । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्र रहेका छन ।