नेपालमा आइतबार सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनमा सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि साउन २९ गते नेपाली बजारमा सुनको भाउले रेकर्ड राखेको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ५० हजार ८ सयमा खरिदबिक्री भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आइतबार चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले बढेको छ । शुक्रबार १ हजार ५ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ८ सय १० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।