नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन

Yangle News
Yangle News
२०८१ असार १७ गते
नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन

 

नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र सुरु भएको छ । काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुँदैछ ।

दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनमार्फत २१ केन्द्रीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ  ।

यसैबिच महाधिवेशन सम्पन्न गर्न सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ । त्यसैगरी उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी नेताहरू गंगालाल तुलाधर र विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन भएको छ । आइतबार महाधिवेशनमा विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था गरिने जनाइएको छ ।

अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास हुने नेताहरूले बताउँदै आए पनि नेताहरूले अडान नछोड्दा अहिलेसम्म सहमति हुने नहुने निश्चित भैसकेको छैन । अध्यक्षका लागि माधव नेपालका साथै नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल आकाङ्क्षी छन् ।

तर खनालले अन्तिममा भुसाललाई सहयोग गर्ने सम्भावना रहेको महाधिवेशन प्रतिनिधिहरू बताउँछन् ।  सर्वसम्मत नेतृत्व चयनमा सहमति नजुटे नेपाल र भुसाल प्यानलसहित निर्वाचनमा जाने सम्भावना नरहेका नेताहरूले बताएका छन् ।

 

 

204 views