अन्तिम चरणमा पुग्यो जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालन

Yangle News
Yangle News
२०८१ असार १२ गते
अन्तिम चरणमा पुग्यो जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालन

 

मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भएको बताए ।

रेल सेवा प्रत्येक शनिबार दिनको १:३० बजे जनकपरधामबाट खुल्ने र ४ बजे बिहान अयोध्या पुग्ने तथा सोही रेल साँझ ५ बजे अयोध्याबाट फर्किएर अर्को बिहान ७:३० बजे जनकपुरधाम पुग्ने गरी तालिका सार्वजनिक गरिएको उनले जानकारी दिए ।

‘जनकपुरधाम–अयोध्या रेल सञ्चालनका लागि समय तालिका सार्वजनिक गरेका छौँ, अब सोहीअनुसार छिट्टै सेवा सुरु गर्ने तयारीमा छौँ । उद्घाटनको समय तालिका मिलाउन लागिएको छ, समय मिल्नासाथ औपचारिक घोषणा गर्नेछौँ ।’

२०७८ चैतयता जयनगर–कुर्थासम्म र एक वर्षयता महोत्तरीको भङ्गाहासम्म रेल सेवा सञ्चालन भइरहेको छ ।