नेपाल टेलिकमले माछापुच्छ्रे बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी फोरजी सेवा विस्तार गरेको छ । कास्कीको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा विस्तार गरेको नेपाल टिलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए ।
उनका अनुसार उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको टुजी मोबाइल सेवालाई स्तरोन्नति गरी सो क्षेत्रमा पनि फोरजी सेवा विस्तार गरेको हो ।
यो टावर समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाइमा रहेका टेलिकमले जनाएको छ ।