ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड भएका ग्राहकले बिगमार्ट स्टोरमा गर्ने खरिदमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकको क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिनशत छुट पाउने भएका हुन् ।
आफ्ना क्रेडिट कार्ड बाहकहरुलाई लाभ होस् भनी बिगमार्टसँगको सहकार्यमा छुट योजना ल्याइएको बै्कले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यस योजनामा ग्राहकले बिगमार्टका कुनै पनि स्टोरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम तीन सय रुपैयाँसम्म छुट पाउनेछन् । छुट योजना यो महिनाभर लागू हुने छ ।