हमासको हमलामा परेका क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार

Yangle News
Yangle News
२०८० अशोज २२ गते
हमासको हमलामा परेका क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार

हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ सारिएको छ । इजरायली सेनाले एस्कर्टमा उनीहरुलाई सुरक्षित स्थानतर्फ लगिएको हो । उद्धार गरेर लगिएका एक विद्यार्थीका अनुसार उनीहरुलाई तेल अभिभतर्फ लगिएको छ ।

उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । हमास बिद्रोहीको आक्रमणबाट उनीहरुकै समूहका १० को मृत्यु भएको थियो । टोलीमा ४९ जना थिए । उनीहरुलाई अलग अलग क्याम्पबाट उद्धार गरिएको हो ।

जनालाई बेतकाम क्षेत्रमा उद्धार गरिएका अन्य १३ विद्यार्थीलाई पनि राखिएको छ ।  अहिले आफूहरु सुरक्षित रहेको उद्धार गरिएका एक विद्यार्थीले बताए । उनीहरु सबैलाई भेला गरेर तेलअभिभ लैजाने तयारी भइरहेको बताईएको छ ।

उद्धार गरिएकामा कैलालीकी आषा मिश्र, आवाज भट्टराई, उपेन्दर जोशी, विपना जोशी, गणेश साउद, ओपप्रकाश उपाध्याय, शुष्मा रेग्मी, रचना चौधरी, रोहित नायक अरिवन कुमार चौधरी, विशाल पाण्डे, कल्पना जोशी छन् । त्यस्तै चितवनका विभुषा अधिकारी, श्रेया तिवारी, दाङका बादल सुवेदी , नविन घिमीरे, विपीन सुवेदी, समर्पण आचार्य , बर्दियाका लुइस रिजाल र शिला कुमारी यादव , गुल्मीका मनिष खनाल, पर्वतका नारायण भुसाल , सल्यानकी साधना बोहाेरा, कञ्चनपुरका गणेश जोशी र नितीन भण्डारी , सुर्खेतका प्रविन विशी, बैतडीका प्रमोद भट्ट, सुन्धुलीका अनुप अधिकारी, डडेल्धुराका लोकेन्द्र विष्ट , बाजुराका रमेश बहादुर कार्की, रौतहटका निरज कुशवाह र बिनोद शाह छन् ।