हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ सारिएको छ । इजरायली सेनाले एस्कर्टमा उनीहरुलाई सुरक्षित स्थानतर्फ लगिएको हो । उद्धार गरेर लगिएका एक विद्यार्थीका अनुसार उनीहरुलाई तेल अभिभतर्फ लगिएको छ ।
उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । हमास बिद्रोहीको आक्रमणबाट उनीहरुकै समूहका १० को मृत्यु भएको थियो । टोलीमा ४९ जना थिए । उनीहरुलाई अलग अलग क्याम्पबाट उद्धार गरिएको हो ।
जनालाई बेतकाम क्षेत्रमा उद्धार गरिएका अन्य १३ विद्यार्थीलाई पनि राखिएको छ । अहिले आफूहरु सुरक्षित रहेको उद्धार गरिएका एक विद्यार्थीले बताए । उनीहरु सबैलाई भेला गरेर तेलअभिभ लैजाने तयारी भइरहेको बताईएको छ ।
उद्धार गरिएकामा कैलालीकी आषा मिश्र, आवाज भट्टराई, उपेन्दर जोशी, विपना जोशी, गणेश साउद, ओपप्रकाश उपाध्याय, शुष्मा रेग्मी, रचना चौधरी, रोहित नायक अरिवन कुमार चौधरी, विशाल पाण्डे, कल्पना जोशी छन् । त्यस्तै चितवनका विभुषा अधिकारी, श्रेया तिवारी, दाङका बादल सुवेदी , नविन घिमीरे, विपीन सुवेदी, समर्पण आचार्य , बर्दियाका लुइस रिजाल र शिला कुमारी यादव , गुल्मीका मनिष खनाल, पर्वतका नारायण भुसाल , सल्यानकी साधना बोहाेरा, कञ्चनपुरका गणेश जोशी र नितीन भण्डारी , सुर्खेतका प्रविन विशी, बैतडीका प्रमोद भट्ट, सुन्धुलीका अनुप अधिकारी, डडेल्धुराका लोकेन्द्र विष्ट , बाजुराका रमेश बहादुर कार्की, रौतहटका निरज कुशवाह र बिनोद शाह छन् ।