चीनमा आइफोन -१५ किन्न मानिसहको भिड लागेको छ । चीनमा शुक्रबारबाट आइफोन-१५ को बिक्री सुरु भएको हो । चीनले सरकारी कर्मचारीलाई काम गर्दा आइफोनको प्रयोगमा रोक लगाएको अवस्थामा पनि चिनियाँमा एप्पल प्रतिको ‘क्रेज’ देखिएको एक चीनियाँ अनलाईनले समाचारमा उल्लेख छ । चिनियाँ कम्पनी हुवावेको दबदबाबीच एप्पलप्रति पनि मानिस आकर्षित भइरहेका छन् ।
एप्पलको चीनभर ४५ वटा आउटलेट छन् । अधिकांश आउटलेटमा मानिसको भिड रहेको बताइएको छ । साथै अनलाइनबाट पनि आइफोन-१५ को अर्डर भईरहेका छन् । व्यवसायीका अनुसार आइफोन-१५ बिक्री सुरु भएको दुई घण्टामा गत वर्षको आइफोज- १४ को भन्दा २५३ प्रतिशत बढी माग आएको थियो ।
चीनमा आइफोन-१५ प्रो को मूल्य ७ हजार ९९९ युआन (१ लाख ४४ हजार बढी) र प्रो म्याक्सको १३ हजार ९९९ युआन (२ लाख २५ हजार बढी) रहेको छ । हुवावेका अत्याधुनिक र आकर्षक सेटहरु बजारमा आउँदा पनि मानिसहरु एप्पलको प्रिमियम सेट रुचाइरहेको जनाइएको छ ।