हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन हुने

Yangle News
Yangle News
२०८० असार २६ गते
हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन हुने

 

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ । जनकपुरधाममा आज आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहपछि सञ्चारकर्मीसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले यस्तो बताएका हुन ।

मङ्गलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा एक नेपाली पाइलट र मेक्सिकोका पाँच जना यात्रुको मृत्यु भएको थियो। मन्त्री किरातीले बुधबारसम्ममा छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए ।

सरकारले पहिलो दिनबाटै हवाइ सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै उनले भने, ‘‘हामीले डे वानदेखि नै सेफ्टी फस्र्ट भनेर यही नारा उच्चारण गरेका छौँ । सेफ्टीमा कुनै सम्झौता हुँदैन । दुर्घटना नहोस् भनेर नै हामीले सेफ्टी फस्र्ट भनेका छौँ,  हाम्रो पहिलो सर्त सुरक्षा हो । हामी छलफल बहसमा नै छौँ, कसरी सेफ्टीलाई उठाउन सकिन्छ भनेर छलफलमा छौँ । अब छानबिन समिति बन्छ, हामी गएर बनाउँछौँ । भोलीसम्ममा गठन हुन्छ ।’’

 

297 views