सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड बनाएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको छ । यसअघि गत २२ चैतमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको थियो ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । आज १ हजार २ सय रुपैयाँले सुनको भाउ बढेको हो । महासंघका अनुसार बिहीबार तेजावी सुनको प्रतितोला मूल्य १ लाख ११ हजार २ सय ५० रूपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य भने आज २० रुपैयाँले वृद्धि भएको छ । चाँदीको प्रतितोला मूल्य १ हजार ४ सय ४५ रुपैयाँ तोकिएको छ । हिजो चाँदीको प्रतितोला मूल्य १ हजार ४ सय २५ रुपैयाँ तोकिएको थियो ।