नेपालले पहिलो पटक एसिया कप खेल्ने, यूएई ७ विकेटले पराजित

Yangle News
Yangle News
२०८० बैशाख १९ गते
नेपालले पहिलो पटक एसिया कप खेल्ने, यूएई ७ विकेटले पराजित

एसीसी प्रिमियर कप क्रिकेटमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले पहिलो पटक एसिया कप खेल्ने भएको छ ।

नेपाल यसअघि सन् २००२ मा एसिया कपमा छनोट भएको थियो । आइतबार वर्षाका कारण केहीबेर खेलेर खेल स्थगित भएको थियो । आइतबारनै टस जितेर ब्याटिङ गरेको युएइले आज भएको बाँकी खेलमा सबै विकेट गुमाएर ११७ रन बनायो ।

११८ रनको लक्ष्य पछ्याएको नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे । नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो । एसिया कपमा नेपालसँगै समूह एमा भारत र पाकिस्तान रहेका छन् ।

नेपालले सहभागिता जनाउने एसिया कपको १६औ संस्करण पाकिस्तानले आयोजना गर्ने भनिएको छ । खेल सेप्टेम्बरमा हुँदैछ । एसियन क्रिकेट काउन्सिलको (एसीसी) व्यवस्थापन रहने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ ।

436 views