नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग ‘नेगेटिभ कन्भर्सेसन गर्ने’ एक पाइलटलाई निलम्बन गरेको छ । काठमाडौँ–लुक्ला उडानका क्रममा टावरसँग अश्लिल शब्द बोलको भन्दै क्यानले अन्नपूर्ण हेलिकप्टरका एक पाइलटलाई ग्राउन्डेड गरेको हो ।
२१ मार्च २०२३ मा काठमाडौँबाट लुक्ला जाने क्रममा अन्नपूर्ण हेलिकप्टरका एक पाइलटले मिस कम्युनिकेशन अर्थात अमर्यादित शब्दहरु बोलेको हुनाले उनलाई ग्राउण्डेड गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ प्रवक्ता निरौलाले बताएका छन् ।
त्यसैगरी उडान सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने थप दुई हेलिकप्टर कम्पनीका पाइलटलाई ग्राउण्डेड गरिएको छ । एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटले पोखरामा ‘प्याराग्लाइडिङ जोन’ भनी छुट्याएको एयरस्पेसमा हेलिकप्टर उडाएका थिए । यी तीनै जना पाइलटले अर्को सूचना जारी नभएसम्म हेलिकप्टर उडानमा प्रतिबन्ध लगाइएको छ ।