यूरोपको सबैभन्दा ठूलो हिमश्रृङ्खलामा किन घट्दैछ हिउँ ?

Yangle News
Yangle News
२०७९ चैत्र ७ गते
यूरोपको सबैभन्दा ठूलो हिमश्रृङ्खलामा किन घट्दैछ हिउँ ?

 

यूरोपको सबैभन्दा अग्लो र ठूलो क्षेत्रफलमा फैलिएको हिमश्रृङ्खला एल्पस्मा रहेका हिमनदीहरु पग्लिन थालेका छन् ।  हिमश्रृङ्खलामा जलवायू परिवर्तनको असरका कारण  विश्वमानचित्रमै यसको अस्तित्व मेटिन सक्ने खतरा बढेको छ ।

औद्योगिक क्रान्तियता बढेको हरितगृह ग्यासका कारण पृथ्वीको तापमान १ डिग्री सेल्सियस बढाएको छ । तर एल्पस्मा भने पृथ्वीको औसत तापक्रम बृद्धिभन्दा पनि द्रुत गतिमा २ प्रतिशतले बढिरहेको छ । त्यसको असर हिमनदीहरुमा देखिन थालेको हो ।

एल्पस् श्रृङ्खलामै रहेको एक हिमालमा त्यहाँको तापक्रम र मौसमको अध्ययन, अनुसन्धान र नियमनका लागि कार्यालय खडा गरिएको छ । दशकयता कार्यालयका विशेषज्ञहरु जलवायू परिवर्तनले हिमश्रृङ्खलामा पार्ने प्रभावबारे अध्ययन गरिरहेका छन् । विज्ञ सोजा स्टोकलीका अनुसार पछिल्लो समय त्यहाँ गर्मी महिनामा समेत वर्षा हुन थालेको छ । जुन तीस वर्षअघि असम्भव मानिन्थ्यो ।

Yangle News

अघिल्लो वर्ष रेकर्डमै सबैभन्दा बढि हिमनदी पग्लिएको त्यहाँ कार्यरत विज्ञ बताउँछन् । एल्पस्का हिमश्रृङ्खलामा रहेका कूलमध्य ६ प्रतिशत हिउँ पग्लिएको तथ्याङ्क छ ।
हिमश्रृङ्खलामा जलवायू परिवर्तनको नकारात्मक असर देखिन थालिसकेका कारण विश्वभरका नेता तथा संयुक्त राष्ट्रसंघका वैज्ञानिकहरुले यसबारे सोच्नुपर्ने बेला आएको पर्यावरण सम्बन्धि काम गर्ने निकायहरुले बताउँदै आएका छन् ।

Yangle News

हिमनदीहरु पग्लिनेक्रम नरोकिए त्यसले समुन्द्रमा पानीको सतह बृद्धि भई समुन्द्रको क्षेत्रफल बढाउँछ ।  समुन्द्रको तापक्रम बढ्ने र तातो हावा चल्ने हुँदा टाइफुन , हावाहुरी, डुबान र तटीय क्षेत्रमा ठूलठूला आँधी आउँनेक्रम बढेर जान्छ । जसले विश्वभरका तटीय क्षेत्रमा बसोवास गरिरहेका लाखौ मानिस विस्थापित हुने खतरा रहन्छ  ।

यस्तै हिमनदीहरु पग्लिएर हिउँनै नहुने अवस्था भएमा यसले दीर्घकालमा पानीको आपूर्ति घट्दै जान्छ । जसले खेतिबालीका लागि सिंचाइको स्रोत सुक्दै जाने, गाउँ -सहर वा मानवबस्तीहरुले पानीको मूल्यवान स्रोतनै गुमाउनु पर्ने हुनसक्छ । तसर्थ जलवायू परिवर्तनको असर तत्काल नरोके यसले भयावह रुप लिने विशेषज्ञको चेतावनी छ ।