सँस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले आफ्ना भावी योजना सार्वजनिक गरेका छन् । पदभार ग्रहण गरेको ४२ दिनमा उनले सुधार गरेका ५ वटा काम र भोलिका दिनमा गर्नुपर्ने कामहरु १० वटा बुँदामा सर्वजानिक गरेका हुन । सोमबार सिंहदरबारस्थित मन्त्रलयमा पत्रकारहरुसँगको भेटमा मन्त्री किरातीले अबका दिनमा गर्ने कामहरुको सुचि सार्वजनिक गरेका हुन ।
मन्त्री किराँतीले पशुपती हिन्दु विश्वविद्यालय स्थापना, पशुपती क्षेत्र सरसफाई तीन महिने अभियान, नेपाल नागरिक उडड्यन तथा प्राधिकरण क्षेत्रमा महिलामाथी हुने दुर्व्यवहार सम्बन्धी उजुरी लिने स्थायी यूनिट निर्माण गर्ने तयारी रहेको जानकारी गराएका छन् । यस्तै सरसफाई सँस्थागत गर्न निर्देशिका तयार गर्ने, सम्पदा क्षेत्रमा (हप एण्ड हप अप) यातायत सञ्चालन गर्ने , ग्राउनडेड भएका जहाजहरुबारे छानविन समिति गठन गर्ने तयारी रहेको मन्त्रीले बताएका छन् । हवाई नागरिक उडड्यन विद्येक निर्माणको प्रकृया अघि बढाउने, गौत्तमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कुटनीतिक पहल थाल्ने, भरतपुर विमानस्थल विस्तार गर्ने र नमस्ते पर्यटक सेवा विस्तार लगायतका कामहरु मन्त्री किराँतीका १० बुँदामा समेटिएका छन् ।

आफूले जिम्मेवारी सम्हालेपछि नेपाल एयरलाइन्सको टिकट बुकिङ अनलाईनबाट गर्न मिल्ने गरि अनलाईन टिकेटिङ, सरसफाई र व्यवस्थापकिय सुधार, हवाई सुरक्षाका लागि काम गर्न सम्बध्द निकायलाई निर्देशन त्यसैगरि लुम्विनी गुरुयोजना अध्ययन र प्रतिवेदन निर्माणको काम भएको किरातीले जानकारी दिए । साथै विमानस्थलसँगै मन्त्रालय अन्तर्गत पर्ने सबै विभागिय क्षेत्रमा इन्टरनेटको राम्रो व्यवस्था गरेको पनि मन्त्री किराँतीले बताएका छन् ।