सुनको मूल्य बढ्यो

Yangle News
Yangle News
२०७९ माघ २३ गते
सुनको मूल्य बढ्यो

सोमबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ४ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३ सय २० रुपैयाँ कायम रहेको छ ।