च्याटजीपीटी प्लस सार्वजानिक : मासिक २० डलर लागत

Yangle News
Yangle News
२०७९ माघ १९ गते
च्याटजीपीटी प्लस सार्वजानिक : मासिक २० डलर लागत

ओपनएआईले आफ्नो च्याटबोटका लागि नयाँ सब्सक्रिप्सन प्लान– च्याटजीपीटी प्लस सार्वजनिक गरेको छ।

ओपनएआईका अनुसार ‘च्याटजीपीटी प्लस’ नाम दिइएको यो सब्स्क्रिप्सन प्लान मासिक २० डलर सदस्यता शुल्कको साथ हाल अमेरिकामा मात्र सीमित रहेको र  निकट भविष्यमा थप देशहरू थपिने ओपनएआईले जनाएको छ । यसमा थप विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ ।

च्याटजीपीटी प्लस प्रयोगकर्ताले ‘पिक आवर’ मा पनि च्याटजीपीटीमा सामान्य पहुँच प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, च्याटजीपीटी प्लस का प्रयोगकर्ताले छिटो, सहज र भनेकै समयमा जवाफ पाउन सक्नेछन् । त्यस्तै च्याटजीपीटीमा जे जति नयाँ फिचरहरू आउँछन्, सब्स्क्रिप्सन लिने ग्राहकले ती फिचर सबैभन्दा पहिले नै अनुभव गर्न पाउनेछन् ।

नयाँ सब्स्क्रिप्सन मोडेलले निःशुल्क प्रयोग गरिरहेका च्याटजीपीटी प्रयोगकर्तालाई भने कुनै असर नगर्ने कम्पनीले जनाएको छ ।

मासिक २० डलर सदस्यता शुल्कको साथ च्याटजीपीटी प्लसको सुविधा हाल अमेरिकामा मात्र सीमित रहेको र  निकट भविष्यमा थप देशहरू थपिने ओपनएआईले जनाएको छ ।

ओपन एआईले च्याटजीपीटी प्लस प्रयोग गर्न इच्छुक प्रयोगकर्ताका लागि ‘वेटलिस्ट’ सार्वजनिक गरेको छ ।

407 views