स्पोटीफाइको प्रिमियम सब्स्क्राइबरको संख्या २०५ मिलियन पुग्यो

Yangle News
Yangle News
२०७९ माघ १८ गते
स्पोटीफाइको प्रिमियम सब्स्क्राइबरको संख्या २०५ मिलियन पुग्यो

स्पोटिफाई टेक्नोलोजी एसएले मंगलबार सन् २०२२ को अन्तिम त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणमा उल्लेख गरे अनुसार स्पोटिफाईको प्रिमियम ग्राहकहरूको संख्या १४ प्रतिशतले बढेर २०५ मिलियन पुगेको छ।

Yangle News

मार्केटिंग क्याम्पेनहरू र भारत र इन्डोनेसिया जस्ता देशहरुका अधिक श्रोताहरूले  साइन अप गरेकोले यो वृद्धि भएको स्पोटिफाईले जनाएको छ ।

साथै २०२२ मा कम्पनीले ३.१७ बिलियन युरो राजश्व संकलन भएको जनाएको छ। यस्तै कम्पनीको सब्स्क्राइबर संख्या र बिक्री दुवै बढेको देखिएको  छ।

हाल कम्पनीसँग एड सपोर्टेड र पेड सब्स्क्राइबरसहित मासिक ५०० मिलियन सक्रिय प्रयोगकर्ता छन्।

यद्दपि कम्पनीको घाटा भने चुलिँदो क्रममै रहेको छ। सन् २०२२ मा कम्पनीले २७० मिलियन युरो घाटा व्यहोरेको छ।  यस्तै सन् २०२१ को सोही अवधिमा भने  कम्पनीको घाटा ३९ मिलियन युरो मात्र थियो। यस्तो हुनुको कारणलाई कम्पनीका प्रमुख कार्यकारी ड्यानियल एकले ‘धेरै महत्वाकांक्षी’ भनेका छन्।  २०२२ मा कम्पनीले कुल घाटा ४३० मिलियन युरो र राजश्वमा ११.७ मिलियन युरो भनेर रिपोर्ट गरेको छ।

Yangle News

स्पोटीफाइले घाटा मुख्यतया हेडकाउनट वृद्धिले गर्दा उच्च कर्मचारी लागत र उच्च विज्ञापन लागत तथा मुद्रामा देखिएको उतार चढाव भएको बताएको छ। यसको प्रभाव स्वरुप कम्पनीले आफ्नो कार्यबलको ६ प्रतिशत कर्मचारीलाई पद मुक्त गर्ने निर्णयमा पुगेको छ।

422 views