आईस्पानको अध्यक्षमा सुधीर पराजुली सर्वसम्मत निर्वाचित

Yangle News
Yangle News
२०७९ माघ १७ गते
आईस्पानको अध्यक्षमा सुधीर पराजुली सर्वसम्मत निर्वाचित

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)को नेतृत्वमा सुधीर पराजुली पुनः दोहोरिएका छन् । सोमबार सम्पन्न आईस्पानको २२औँ साधारणसभाले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय कार्यकारी समिति चयन गरेको हो ।

त्यस्तै नयाँ कार्यसमितिको उपाध्यक्षमा मनोज अग्रवाल र महासचिवमा नवीनकुमार श्रेष्ठ चयन भएका छन् । कोषाध्यक्षमा पुष्कर बडाल र सचिवमा सुरेन क्षेत्री चयन भएका छन् ।

त्यस्तै कार्यकारी सदस्यहरूमा कमलप्रसाद बास्तोला, सुदिप आचार्य, मधु अमात्य र सुजन थापा सर्वसम्मत भए ।

संस्थाको सल्लाहकारमा विनय बोहरा, विनयमोहन साउद र प्रमेश खरेल रहेका छन् । त्यस्तै प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुवास खड्का दोहोरिए ।

त्यस्तै यसपटकको साधारणसभाले पहिलो पटक फङ्सनल कमिटी पनि बनाएको छ, जसमा बृजेश पालिखे, रमेश काफ्ले र आशिष श्रेष्ठ रहेका छन् ।

नव नियुक्त अध्यक्ष पराजुलीले इन्टरनेट सेवाको क्षेत्रमा देखिएको समस्याहरु समाधान गर्न नयाँ कार्यसमितिले काम गर्ने  बताए।

कार्यक्रममा बोल्दै पराजुलीले भने “यस क्षेत्र सम्बन्धित केहि विषयहरु छन्। त्यसलाई नयाँ कार्यसमितिले समाधान गर्ने र टु‌ंगोमा पुर्याउन पहल गर्नेछ,” । “करका विषय, पोल भाडाका विषय तथा सेवाको बारेमा अन्य कुराहरुलाई ध्यानमा राखेर काम गर्नेछौं।”