मेटाले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा लगाएको प्रतिबन्ध हटाउने भएको छ। ट्रम्पको अकाउन्टहरू ‘सस्पेन्ड’ भएको दुई वर्ष पुगेसँगै मेटाले यस्तो घोषणा गरेको हो। ‘आउँदो हप्ताहरूमा’ सस्पेन्सन सकिने मेटाले बताएको छ।
मेटाका ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जनताले आफ्ना राजनीतिज्ञले के भनिरहेका छन् भन्ने कुरा सुन्न पाउनुपर्छ ।
सन् २०२१ मा क्यापिटोलमा भएको दंगापछि तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पलाई फेसबुक र इन्स्टाग्रामबाट अनिश्चितकालका लागि निलम्बन (SUSPEND) गरिएको थियो।
क्लेगका अनुसार ट्रम्पले ‘क्यापिटलमा हिंसामा संलग्न मानिसहरुको प्रशंसा’ गरेपछि मेटाले यस्तो कदम चालेको हो ।
‘सस्पेन्सन असाधारण परिस्थितिमा लिइएको असाधारण निर्णय थियो,’ उनले थपे।
एक परीक्षणमा ट्रम्पको अकाउन्टले अब सार्वजनिक सुरक्षाको लागि गम्भीर जोखिमको प्रतिनिधित्व नगर्ने देखिएको उनले बताए। तर, ट्रम्पको विगतका उल्लंघनहरूको कारण गर्दा उनले अब दोहोरिने गल्तीहरूको लागि कडा सजायको सामना गर्ने बताइएको छ। बीबीसी