तीन पटक विश्वकप जितेका ब्राजिलका महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।
उनको बिहीबार राति ब्राजिलको साओ पाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो ।
पेले पछिल्लो केही वर्षयता किड्नी र प्रोटेस्टको समस्यासँग जुधिरहेका थिए। पछिल्लो समयमा उनमा क्याद्सदर समेत देखिएको थियो। क्यान्सरकै केमो थेरापीका लागि उनी पछिल्लो एक महिनायता अस्पतालमा रहेका थिए ।
पेलेको गत २०२१ को सेप्टेम्बरमा पेटबाट ट्युमरको अप्रेसन गरिएको थियो। उनकी छोरी केलि नासिमेन्तोले समर्थकलाई सामाजिक सञ्जालमार्फत आफ्नो बुवाको स्वास्थ्य अवस्था अपडेट गराउँदै आएकी थिइन्।
उनले बिहिबार राति एक तस्बिर पोस्ट गर्दै बुवाको निधन भएको भन्दै श्रदाञ्जली दिएकी छिन। उनले भनिन् ‘हाम्रो लागि सबथोक दिएकोमा धन्यवदा, हामी सदा माया गरिरहने छौं। हार्दिक श्रदाञ्जली।’
६० वर्षभन्दा बढी समयदेखि “पेले” नाम फुटबल जगतमा पर्यायवाची रहँदै आएको छ । उनले चार विश्वकप खेलेका थिए र पेले इतिहासमा तीन विश्वकप जित्ने एकमात्र खेलाडी हुन्।
पेलेले भनेका थिए “जसरी बीथोवेन संगीत लेख्नको लागि जन्मेका थिए र माइकल एन्जेलो चित्र बनाउनका लागि जन्मेका थिए, त्यस्तै म फुटबल खेल्नको लागि जन्मेको हुँ,”।
पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन्। उनले आफ्नो २१ वर्षे फुटबल करिअरमा १३६३ खेलमा कीर्तिमानी १२८१ गोल गरेका छन् । उनले आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन्।
फुटबलमा जादुगर छवि बनाएका पेले विश्वकप फुटबलको उपाधि तीनपटक जित्ने एक्ला खेलाडी समेत हुन् । उनले १९५८, १९६२ र १९७० को विश्वकप ब्राजिललाई जिताउँदा मुख्य भुमिका खेलेका थिए। पेलेलाई फिफाले सन् २००० मा प्लेयर अफ द सेन्चुरीको उपाधि दिएको थियो।
त्यस्तै ब्राजिलियन फुटबल संघले भनेको छ, ‘पेले अल टाइम महान खेलाडीभन्दा पनि अझैमाथि थिए र प्रेरणादायि थिए।’ पेलेको आधिकारीक ट्वटिरमा लेखिएको छ ‘पेलेले आफ्नो यात्रामा प्रेरणा र मायाहरु छाडेर गए। उनी आज शन्तसँग स्वर्गवास भएका छन्। संधै उनलाई मायानै माया रहने छ।’
‘कालो मोती’का रूपमा विख्यात ब्राजिलियन फुटबलर पेलेको पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो हो । ब्राजिलको सानो सहर मिनास गेराइसमा २३ अक्टोबर, १९४० मा उनको जन्मिएका उनका पिता क्लब स्तरका खेलाडी थिए, आमा गृहिणी थिइन् । आमा बुबाले उनको नाम एडिसन राखेका थिए । ‘पेले जन्मने बेला शहरमा बिजुलीको बल्ब पुगेकाले त्यसबेला बल्बको उज्यालोको प्रभावले बल्व बनाउने थोमस एल्वा एडिसनको नामकाे एक भाग एडिसन राखिएकाे हाे ।
१५ वर्षको उमेरमा उनी ब्राजिलको चर्चित क्लब सान्टोसमा अनुबन्ध भए । उनले आफ्नो पुरै व्यवसायिक खेल करिअर नै सान्तोषमा नै बिताएका थिए ।