प्रकाशमानलाई प्रचण्डको धम्की, प्रधानमन्त्री नपाए गठबन्धन छोड्छुु

Yangle News
Yangle News
२०७९ पुस ८ गते
प्रकाशमानलाई  प्रचण्डको धम्की, प्रधानमन्त्री नपाए गठबन्धन छोड्छुु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्यपकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्ड र नेता सिंहबीच शुक्रबार बिहान अध्यक्ष निवास खुमलटारमा भेटवार्ता भएको हो । यसअघि बिहीबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, अध्यक्ष प्रचण्ड र माधव कुमार नेपालबीच भएको छलफलकै निरन्तरतास्वरुप शुक्रबार बिहान नेताहरुबीच भेटवार्ता भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा सँगको भेट मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलो चरणमा प्रधानमन्त्री नछाडने अडान लिएपछि उनलाई मनाउन कांग्रेस नेताहरु लागिपरेका छन् ।

उक्त भेटमा सिंहले प्रचण्डलाई पहिलो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बनाउनुपर्ने र अन्य पद बाँडफाड गरौंला भनेका थिए । तर, प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति आफ्नो पक्षमा रहेको भन्दै पहिलो चरणमा आफू प्रधानमन्त्री बन्ने अडान राखेका छन्।

प्रचण्डले यही गठबन्धनबाट आफू प्रधानमन्त्री हुन चाहेको, त्यसो नभए एमालेसँग समेत छलफल भइरहेको जवाफ सिंहलाई दिएको स्रोतले बताएको छ । खुमलटार स्रोतका अनुसार, प्रचण्डले पहिलो चरणमा वर्तमान सत्ता गठबन्धनबाट आफू प्रधानमन्त्री नबने गठबन्धनमा संकट आउन सक्ने तर्फ समेत कांग्रस नेता सिंहलाई स्पष्ट संकेत गरेको स्रोतले बताएको छ ।