तनावग्रस्त धनगढी , आठ राउन्ड हवाई फायर

Yangle News
Yangle News
२०७९ मंसिर १६ गते
तनावग्रस्त धनगढी , आठ राउन्ड हवाई फायर

धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त छ।

जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउन्ड हवाई फायर गरेको छ। हवाई फायरपछि विद्यार्थीहरू तितरवितर भएका छन्।

ग्रेडरले किचेर आफ्ना सहपाठीको मृत्यु भएपछि धनगढीका विद्यार्थीहरू आन्दोलित बनेका हुन् । बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माविमा कक्षा ८ अध्ययनरत चेतना साउदको सडक निर्माणका क्रममा ग्रेडरले किचेर मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्।

घटनाले उग्र रूप लिएपछि बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासनले कर्फ्यु लगाएको थियो। कर्फ्यु तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो ।

प्रदर्शनमा सहभागी दर्जनौं विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। विद्यार्थीले मृतकका परिवारलाई क्षतिपूर्ति र चालकलाई कारवाही माग गरेका छन्।