आजको मौसम : चार प्रदेशमा वर्षा हुने सम्भावना

Yangle News
Yangle News
२०७९ कार्तिक ३ गते
आजको मौसम : चार प्रदेशमा वर्षा हुने सम्भावना

काठमाडौँ । हाल देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जानकारी दियो ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।त्यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

309 views