भेटमा सहभागी एक नेताका अनुसार एक घण्टा छलफल चलेको थियो। भेटमा सहभागी अर्का एक नेताका अनुसार राप्रपाका ती सबै नेताहरु अध्यक्ष कमल थापासँग असन्तुष्ट छन्। सो क्रमममा राप्रपा नेपालका नेताहरुले प्रचण्ड राष्ट्रिय नेता भएको उल्लेख गर्दै आगामी चुनावमा जितका लागि शुभकामना दिएका थिए । यस्तै उनीहरुले प्रचण्ड, माओवादी र सत्ता गठबन्धनको पक्षमा सकारात्मक प्रतिक्रिया दिएका थिए । ‘हाम्रो क्षेत्रबाट राजनीतिक रुपले सहयोग हुने कुरा हामीले राख्यौँ’, अर्का एक पदाधिकारीले रातोपाटीसँग भने, ‘दीपावलीको शुभकामना आदान प्रदान भयो । सो क्रममा प्रचण्डले संक्षिप्तमा आफ्नो भनाइ पनि राख्नु भयो । उहाँको कुराले हामी प्रभावित भइयो ।’
प्रचण्डले राप्रपाका नेताहरुसँगको भेटमा गोरखाको गरिमा उचो राख्नका लागि आफू त्यहाँबाट चुनाव लड्न लागेको जानकारी दिएका थिए । उनले राप्रपा नेपालसँग केही एजेण्डाहरु नमिले पनि राष्ट्र विकास गर्नुपर्छ, राष्ट्र दीगो हुनुपर्छ भन्नेमा दुबै पार्टीको भावना मिल्ने बताएका थिए ।