दशैंको महत्व र भगवतिका नौ रुप । नवरात्रीका कुन कुन दिनमा के के गर्ने ?

Yangle News
Yangle News
२०७९ अशोज १२ गते
दशैंको महत्व र भगवतिका नौ रुप । नवरात्रीका कुन कुन दिनमा के के गर्ने ?

दशैं वा बडा दशैं (अन्य नाम:  दशहरा, विजया दशमी नवरात्र आयुध पूजा ) नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मानिने दशैँ (नवरात्र) हिन्दु धर्मवलम्बीहरुले आश्र्विन शुक्ल प्रतिपदा देखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन टीका , प्रसाद ग्रहण र विशेष रुपमा पुर्णिमा सम्म ( प्रसाद ग्रहणका लागि ) मनाउने गर्छन् ।

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता,कात्यायिनी, कालरात्री,महागौरी,सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ ।

विजयादशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ । आश्विन (असोज) महिनाको शुक्ल पक्ष को दशमी तिथि को दिन यस पर्वको प्रमुख दिन हो । बताइन्छ कि भगवान् राम ले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो । वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूणिर्मा सम्म गरिन्छ । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मिठोखाना खाने, ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।

Yangle News

दसैँ वर्षका तीन अत्यन्त शुभ तिथिहरू मा पर्छन् : चैत्र (चैत) को शुक्लको एवं कार्तिक शुक्लको प्रतिपदा तिथि  यी दिनहरूमा हिन्दुहरू नयाँ कार्य सुरु गर्दछन्, शस्त्रको पूजा गर्दछन्। प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रण यात्राको लागि प्रस्थान गर्दथे । यस दिन ठाउँ, ठाउँमा मेलाहरू लाग्थे। विजयदशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजा को रूपमा, दुवैमा रूपमा यो शक्ति पूजा को पर्व हो, शस्त्र पूजनको तिथि हो। हर्ष एवं उल्लास तथा विजयको पर्व हो। हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव (पर्व) सुरु भएको हो। दसैँ पर्वले दश प्रकारका पापहरू ( काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने९छोड्ने) प्रेरणा दिन्छ । दसैँ आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ। दसैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत ) सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दसौँ दिनलाई दशमी वा दसैँ भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ। प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी (कालरात्री ),महानवमी,विजयादशमी,र पूर्णिमा (कोजाग्रत) दसैँका प्रमुख तिथि हरू हुन् ।

आश्विन शुक्ल पक्ष देवीभागवत महापुराण अनुसार मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले नवरात्रको व्रत विधिपूर्वक सम्पन्न गरी दशमीका दिन विजय यात्रा गरेर रावणमाथि विजय प्राप्त गरेको वर्णन आउँछ । त्यहाँ आश्विन शुक्लपक्षको नौ अहोरात्रलाई नवरात्रव्रत भनी प्रतिपादन गरिएको छ । यस व्रतको दिनहरूमा निश्चित तिथिमूलक देवी, देवताहरूको अनुष्ठान समेत हुने भएकाले नवरात्रका दिनहरूलाई छोट्याउन वा बढाउन नमिल्ने हुन्छ । प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । क्रमशः दशमीका दिन प्रातः काल मात्र यस व्रत समापन हुन्छ । बाह्रवटै पुराण अनुसार वर्णन गरिएका नव दिग्गदुर्गामा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी , यसैगरी चन्द्रघन्टा, कुस्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी तथा सिद्धिधात्री यी नौ रूपको क्रमशः पूजा गरिन्छ यसरी नवरात्रको नौ दिनमा प्रकट हुने नवदुर्गाका नौ रुपको शक्ति र पुजा आरधनाको महत्वलाई यसरी उल्लेख गर्न सकिन्छ ।

Yangle News

१. घटस्थापना (शैलपुत्री)

घटस्थापना नवरात्रको पहिलो दिन पर्छ । नवदुर्गाको पहिलो रुपलाई शैलपुत्री पनि भनिन्छ । यस दिन शैलपुत्रीको देवीको पूजा आराधना गरिन्छ । पूजाकोठामा धन वा जौ आदि अन्नको बिज छरेर घटस्थापना गरिन्छ । यसलाई सप्तधान्य पनि भनिन्छ। घटः स्थापना अर्थात घैंटो, घडा वा कलश स्थापना गर्नु नै घटस्थापनाको मूल अर्थ हो । घडाको मुखमा भगवान विष्णु, गलामा महादेव, मूलमा ब्रह्मा तथा मध्य भागमामा देवी शक्तिको निवास मानेर सोही अनुसार पूजा गर्ने गरिन्छ । बिहानै नित्यकर्म सकेर गाईको गोबरले पुजा कोठा अथवा जमरा राख्ने स्थानलाई शुद्धिकरण गरी शुद्ध स्थानबाट ल्याइएको बालुवा वा माटोमा जौँ रोपिन्छ । यसलाई नै जमरा राख्ने भनिन्छ । घटस्थापनाकोदिन स्थापना गरिएको घडाको जल, नौ दिनसम्म देविलाई पूजा गएिको टीका प्रसाद र घडामा राखिएको जमरा विजयादशमीका दिन दुर्गादेवीको प्रसादको रुपमा मान्यजनबाट ग्रहण गरिन्छ । घटस्थापना गरेर राखिएको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।

हिमालय पर्वतकी छोरीका रुपमा उत्पन्न भएकी हुनाले यिनलाई शैलपुत्री भनिएको हो । ६ वटा हात भएकी शैलपुत्रीले शंख, चक्र, गधा, पध्म, त्रिशुल र डम्बरु बोकेकी छन् । दानवहरुले देवगण माथि आक्रमण गरे पश्चात महिसासुर नामक दानवको नष्ट गर्न प्रकट भएकी शैलपुत्रीले सोहि दिनबाट महिसास’रको बध गर्ने की नगर्ने भन्ने अध्ययन कार्यको सुरुवात गरेको हुनाले यस दिनलाई विशेष महत्वका रुपमा हेरिन्छ र सोही अनुसार पुजापाठ गरिन्छ ।

२. ब्रम्हचारिणी

नवदुर्गाको दोस्रो रुप ब्रम्हचारिणी हो । ब्रम्ह शब्दको अर्थ आत्मा अर्थात् तपस्या हो । पाँचवटा हात भएकी ब्रम्हचारिणी शंख, चक्र, गधा, पध्म, जपमाला तथा अमृतले भरिएको अमृतघडाले सुशोभित छन् । ब्रम्हचारिणी अर्थात् तपश्विनी रुप धारण गरी जपमाला गन्दै ध्यानदृष्टिले दानव महिसासुरको बध गर्नै पर्ने हो कि हैन बध कसरी गर्ने जस्ता विषयको सुक्ष्म रुपले हेर्ने, सोच्ने वा ध्यानबाट आत्मज्ञान प्राप्त गर्ने कार्य यस दिनमा गरिएको हुनाले नवरात्रको दोस्रो दिनलाई आफ्नो आत्मज्ञान प्राप्त गर्ने दिनको रुपमा लिईन्छ । ब्रम्हचारिणी दुर्गाको रुप पूर्ण ज्योतिर्मय छ । ब्रम्हचारिणीले आफ्नो ब्रम्हज्ञान प्राप्त गर्न हातमा जपमाला लिएबाट नै माला जप गर्ने प्रचलन रहि आएको हो ।

यो दिन कुनै पनि प्रकारको बन्धनबाट मुक्ती पाउनको लागि शक्कर चढाइ ब्रम्हचारिणी माताको पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुन्छ भन्ने बिश्वास रहेको छ ।

३. चन्द्रघण्टा

नवदुर्गाको तेस्रो रुप चन्द्रघण्टा हो । चार हातमा शंख, चक्र, गधा, पध्म बोकेकी यिनको मस्तकमा घण्ट आकारको अर्ध चन्द्रछ । यसर्थ यिनलाई चन्द्रघण्टा भनिएको हो । घण्टको अर्थ सञ्चार र चन्द्रको अर्थ फैलाउनु हुन्छ । यसर्थ चन्द्रघण्टाको अर्थ कुनै पनि समाचारको सञ्चार गर्नु भन्ने हुन्छ । देवीले यस रुपमा सकरात्मक, नकरात्मक कुराको छानविन गर्ने अन्य देवगणसँग छलफल र समन्वय गर्ने काम गरी छानविनको सन्देश दिने काम गरेकी छन् । तसर्थ सम्पूर्ण शक्तिपिठ तथा देविको मन्दिरमा सन्देश बाहकको रुपमा घण्ट राख्ने प्रचलन छ ।

साथै यो दिनमा चन्द्रघण्टाको पुजा आराधना गरिन्छ। दुस्ख कष्ट मुक्तिका लागि गाईको दुधबाट बनाइएको विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पुजा गरेमा माताको आशिर्वाद हामीमाथि सधैंभरि रहन्छ भन्ने प्रचलन छ ।

४. कुष्माण्डा

आफ्नो मन्द मुस्कानबाट अण्ड अर्थात् ब्रम्हाण्ड उत्पन्न गरेकी हुनाले यिनलाई कुष्माण्डा भनिएको हो । यस रुपमा ब्रम्हाण्ड उत्पन्न गरी महिसासुरलाइृ आफ्नो बहसमा ल्याउने काम गरेकी हुनाले शक्तिशालिनी र शान्तिदायनीको रुपमा लिईन्छ । नवरात्रको चौथो दिन देवी दुर्गाका मन्दिर लगायतका शक्तिपिठहरुमा दर्शन र पुजा आरधना गर्नाले अक्षम्य शक्ति प्राप्त हुने जनविश्वास रहि आएको छ ।

यस चतुर्थी तिथिका दिन माता कुष्माण्डाको पुजा आराधना गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ र साथै कुनै पनि प्रकारको वाणीमा दोष छ भन्ने उक्त तिथिमा मालपुवा अर्पण गरि पूजा गरेमा मालपुवा दान गरेमा शुभ हुने धार्मिक बिश्वास छ ।

५. स्कन्दमाता

देवता र दानवहरुको युद्धको समयमा देवताका सेनापति युद्धवाजको नाम नै स्कन्द कुमार हो । यिनै स्कन्द कुमारकी माताको रुप नै स्कन्दमाता हो । शिव पुराण लगायतका पुराणहरुमा स्कन्द कुमारलाई शक्तिधर लगायतका नामबाट पनि स्तुति गरिएको छ । देवीले यस रुपमा स्कन्दक’मार लगायतका सेनाको उत्पति गराउने र मुख्य सन्देशमा सत्य र असत्य छुट्याउने काम गरेकी छन् ।

स्कन्धमाताको पुजा गरेमा व्यापार व्यवसायबाट सफलता तथा राज्यबाट पाउने सेवा तथा सुविधामा वृद्धिका साथै रोजगारीका लागि पनि राम्रो हुनेछ।यस दिनमा केराको भोग लगाएर पुजा आराधना गरेमा सफलता मिल्ने बताइएको छ ।

६. कात्ययानी

दुर्गाको छैटौं रुप कात्ययानी हो । कतका छोरा कात्या ऋषिको गोत्रमा जन्मीएका कात्ययानले कठिन तपश्या गरी दुर्गामातालाई छोरीको रुपमा पाएको हुनाले देवीको छैटौं रुपलाई कात्ययानीको रुपमा पुकारिन्छ । यस रुपमा वा नवरात्रको छैटौँ दिनमा देवीले आफ्ना सम्पुर्ण इन्द्रियहरुलाई दानव महिसासुरको बध गर्नको लागि तयार गर्ने काम गरेकी छन् । महिसासुरले भगवान विष्णुबाट आफ्नो मृत्यु जल, थल र वायु कहि पनि नहोस् तथा भाला, तरवार, खुंडा तथा कुनै पनि हतियारबाट नहोस् भनि बरदान पाएको हुनाले उनको मृत्यु असम्भव थियो । त्यसैले देविको यहि रुपमा महिसासुरको मृत्यु कसरी र के बाट गर्ने भनि निश्चित गरिएको हुनाले यस दिन देविको पुजा गर्नाले नयाँ नयाँ ज्ञान प्राप्त हुने जनविश्वास रहि आएको छ ।

षष्ठी तिथिका दिन कात्यायनी माताको पुजा गरिन्छ।आकर्षण सुन्दरताका साथ मनले चाहेका व्यक्ति प्राप्तिको लागि नवरात्रीको छैठो दिन पुजा गरिन्छ।यदि घरमा कुनै अविवाहित हुनुहुन्छ भन्ने विवाहमा बाधा अवरोध नहुनको लागि कात्यायनी माताको पुजा गर्ने धर्मशास्त्रमा उल्लेख गरिएको छ।मह चढाएर कात्यायनी माताको पुजा आराधना गरेमा कार्यसिद्धी हुन्छ।७।कालरात्री( सप्तमी तिथिको दिन कालरात्रीको पुजा गरिन्छ। घरमा फुलपाती भित्र्याउने चलन छ ।कुनै पनि प्रकारको मुद्दा मामिला तथा दुर्घटनाबाट छुटकारा पाउनको लागि सप्तमी तिथिका दिन कालरात्री भगवतीको पुजा आराधना गरेमा सम्पुर्ण कष्ट नाश हुनेछ ।कुनै पनि आकस्मिक विपत्तिबाट छुटकारा पाउनको लागि शक्कर चढाएर पुजा आराधना गरेमा बाधा अड्चन नआउने शास्त्रमा भनिएको छ।

७. कालरात्री

दाँया ५ र बाँया ४ हात भएकी, दाँया हातमा त्रिशुल र तरवार तथा बाँया हातमा मुसल र दण्ड बोकेकी सबैलाई जित्न सक्ने, मार्न सक्ने क्षमता भएकी हुनाले कालरात्री भनिएको हो । असत्यको विनास गर्न सक्ने भएकी हुनाले विनाशिनी पनि भनिन्छ । महिसासुर लगायतका दानवहरुले देवताहरुलाई दुख दिएको हुनाले महिसासुरको नष्ट गर्न उत्पन्न भएकी नवदुर्गाले छैटौं दिन सम्म दानवहरुको सत असत छुट्याई बध गर्ने निश्चय गरी सातौं रुपमा कालरात्रीको रुपधारण गरी महिसासुरले भगवान् विष्णुबाट पाएको वरदान समेत नष्ट हुने गरी आफ्नो काखमा राखि नङले महिसासुरको बध गरी असत्य माथि सत्यको विजय गरेकी छन् । त्यसैले सप्तमीको रात्री पश्चात् महाअष्टमीको दिन शक्तिपिठहरुमा राँगा, बोका, भेडाहरुको बली दिने तथा मार हान्ने चलन रहि आएको छ ।

सप्तमी तिथिको दिन कालरात्रीको पुजा गरिन्छ र घरमा फुलपाती भित्र्याउने चलन छ ।कुनै पनि प्रकारको मुद्दा मामिला तथा दुर्घटनाबाट छुटकारा पाउनको लागि सप्तमी तिथिका दिन कालरात्री भगवतीको पुजा आराधना गरेमा सम्पुर्ण कष्ट नाश हुनेछ ।कुनै पनि आकस्मिक विपत्तिबाट छुटकारा पाउनको लागि शक्कर चढाएर पुजा आराधना गरेमा बाधा अड्चन नआउने शास्त्रमा भनिएको छ।

८. महागौरी

नवदुर्गाको आठौँ रुपलाई महागौरी भनिन्छ । शंख चक्र जस्तै गोरी यिनले सबै बस्त्र तथा पहिरण सेतो धारण गरेकी छन् । आठौं रुपलाई पनि दुई अवस्थामा व्याख्या गरिएको छ । पहिलो अवस्थामा शिवशक्तिको रुपमा किरा औसा उत्पन्न गरी मरेका महिसासुर लगायतका दानव शरिर तथा अन्य चिजलाई कुहाउने र सढाउने काम गरेकी छन् भने दोस्रो अवस्थामा गौरी रुपमा शान्त गराउने, सितलता दिने वा आफूले गरेको बधको क्षय गर्ने काम गरेकी छन् ।

यश अष्टमी तिथिको दिनमा महागौरी भगवतीको पुजा आराधना गरिन्छ। यस दिन पुजा आराधना गरेमा सन्तान सुख मिल्ने शास्त्रमा उल्लेख गरिएको छ ।महागौरी भगवतीलाई नरिवल अर्पण गरेमा सम्पुर्ण सुख शान्ति प्राप्त हुने कुरा बताइएको छ ।

९. सिद्धिधात्री ( नवरात्रको)

दाँया हातमा स्वस्तिक र कमल तथा बाँया हातमा अमृतघडा लिइएको नवदुर्गाको नवौं रुप सिद्धिधात्री हो । अणिमा, महिमा, गरिमा, लधिमा, प्राप्ति, प्राकम्प, इशित्व र वशित्व नाम भएका आष्ट सिद्धि दिन सक्ने भएकी हुनाले यिनलाई सिद्धिधात्री भनिएको हो । असत्य माथि सत्यको विजय गरी आफुले गरेको कामको सिद्धि गर्न सक्ने, आफुले गरेको यज्ञलाई पूर्ण गर्ने वा शुद्ध गर्ने काम यस रुपमा नवदुर्गाले गरेकी छन् ।

नवमीको दिन शक्तिपिठ तथा सिद्धिधात्री देविको पुजा आरधना गर्नाले यज्ञ पूर्ण तथा शुद्ध हुने र सिद्धि प्राप्त हुने जनविश्वास रहि आएको छ । सिद्धिधात्री भगवतीलाई घ्यू चढाएर पुजा आराधना गरेमा अकाल मृत्युबाट बच्ने र कुनै पनि प्रकारका नराम्रा समाचार सुन्न नपर्ने शास्त्रमा उल्लेख गरिएको छ।

१०. विजय दशमी

दशौं दिनलाई विजयादशमी भनिन्छ । सप्तधान्य ९ जमरा , जयन्ती ० क्रमशः बढ्दै जति राम्रा हुन्छन् त्यति भगवती प्रशन्न हुनुहुन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।सप्तधान्य अन्कुर देवि दुर्गाको अत्यन्तै प्रिय भएकाले सप्तधान्य रोपण गरि दुर्गा देवीलाई चढाएर दशमीको दिन आफूभन्दा ठूलाका हातबाट टिका तथा प्रसाद ग्रहण गर्ने गरिन्छ । नातासम्बन्ध स्थायी राख्न र आर्शिवाद ग्रहण गर्नका लागि आफ्न्तजन्को मा जाने आउनेहरुको निकै भिड हुन्छ । टिका लगाउने चलन ५ दिन सम्म रहन्छ । कतै कतै एकैदिनमा दशैंको टिका सक्याउने गरिएको पनि पाइन्छ ।

दशैंको टीका सकिए पछि कसैले साझ बिते पछि त कसैले तारा उदाएपछि दुर्गा विसर्जन गर्ने प्रसङ्ग उल्लेख गरेका छन् तर विजय नाम गरेको योग नै सबै कार्यका निम्ति सिद्धिदायक हुन्छ । यस सम्बन्धमा श्रीमद्देवी भागवत नवरात्रमा नवरात्र पर्यन्त अहोरात्र व्रत बसी दशमीका दिन शुभसाहितमा भगवान रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको हो भन्ने कथन छ ।

११.कोजाग्रत पूर्णिमा

दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत पूर्णिमा भनिन्छ । आश्विन शुक्ल प्रतिपदा ९घटस्थापना०का दिनदेखि सुरु भएको दुर्गापक्ष अर्थात् दशैंपर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी को जागेको छ रु भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजाआराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्दछन् ।

424 views