ग्लोबल आइएमई बैंकद्वारा पौभा कलाका तस्बिरहरु समावेश क्यालेन्डर सार्वजनिक

Yangle News
Yangle News
२०८२ चैत्र ११ गते
ग्लोबल आइएमई बैंकद्वारा पौभा कलाका तस्बिरहरु समावेश क्यालेन्डर सार्वजनिक

ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रंग र दर्शन सहितको तस्बिरहरू समावेश नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।

बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइटले संयुक्त रुपमा उक्त २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

पौभा कला नेवार जातिको मौलिक चित्रकला हो । क्यालेण्डरमा विशेषगरी काठमाडौं उपत्यकामा बस्ने नेवाः समुदायसँग गहिरो सम्बन्ध रहिआएको पौभा कलाको दुर्लभ चित्रहरू समावेश गरिएको छ । थान्कासँग मिल्दोजुल्दो देखिए पनि पौभाको आफ्नै विशिष्ट पहिचान र दार्शनिक गहिराई रहेको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङसहित बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरू उपस्थित थिए ।