राष्ट्रिय लिग : ३ स्थानमा खेल, १७ टोलीको सहभागिता

Yangle News
Yangle News
२०८२ पुस २१ गते
राष्ट्रिय लिग : ३ स्थानमा खेल, १७ टोलीको सहभागिता

राष्ट्रिय लिगको खेल तालिका सार्वजनिक भएको छ । आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार शीर्ष डिभिजन क्लब फ्रेन्ड्स क्लबले उद्घाटन खेलमा काँक्रेविहार युथ क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

एन्फाको आयोजनामा आगामी पुस ३० गतेदेखि प्रतियोगिता सुरु हुनेछ । यसअघि एन्फाले पुस २५ गतेदेखि प्रतियोगिता सुरु गर्ने जनाएको थियो । प्रतियोगितामा सहिद स्मारक शीर्ष डिभिजनका १३ क्लब र एन्फा प्रेसिडेन्ट लिगका सेमिफाइनलिस्टहरुसहित १७ टिमको सहभागिता रहने छ ।

लिगमा एपीएफ एफसी, मच्छिन्द्र एफसी, मनाङ मर्स्याङदी क्लब, नेपाल पुलिस क्लब, संकटा एफसी, चर्च बोइज युनाइटेड, फ्रेन्ड्स क्लब, जावलाखेल युथ क्लब, न्यूरोड टिम, श्री भगवती क्लब, त्रिभुवन आर्मी एफसी, चित्लाङ एफसी, काँक्रेविहार, नव जनजागृति क्लब, सतदोबाटो युथ क्लब, लालीगुराँस एसोसिएसन र प्लानिङ बोइज युनाइटेडको सहभागिता रहनेछ ।

प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा मुख्यालय, च्यासलस्थित च्यासल रंगशाला र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

Yangle News Yangle News Yangle News Yangle News  Yangle NewsYangle News