राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का

Yangle News
Yangle News
२०८२ कार्तिक १४ गते
राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का

नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले सातदोबाटोस्थित मुख्यालयमा आज खड्कालाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।

सिनियर महिला फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक खड्का हाल एन्फामा ‘टेकनिकल डाइरेक्टर’का रुपमा कार्यररत छन् । निवर्तमान मुख्य प्रशिक्षक म्याट रसले बिहीबार मात्र एक बर्षे सम्झौता अवधि बाँकी छँदै पदबाट राजीनामा दिएका थिए । एक दिनपछि एन्फाले खड्कालाई जिम्मेवारी सुम्पिएको हो ।

खड्काको नेतृत्वमा नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा मलेसियासँग नोभेम्बर १८ मा खेल्दैछ । एसियन कपमा छनोट हुने समीकरणबाट बाहिरिसकेको नेपालले छनोट प्रतियोगितामा बाँकी दुई खेल खेल्न बाँकी छ । पछिल्ला चार खेलमा नेपालले सबैमा हार बेहोरेको थियो ।