रोकिएन सेयर बजारको ओरालोक्रम, नेप्से आज २५ सय अंक तल झर्यो

Yangle News
Yangle News
२०८२ अशोज ३० गते
रोकिएन सेयर बजारको ओरालोक्रम, नेप्से आज २५ सय अंक तल झर्यो

केही दिनयता निरन्तर ओरालो लागेको सेयर बजार आज १८ दशमलव ४० अंक घटेको छ । योसँगै नेप्से २४ सय ८७ अंकमा झरेको छ, यो अंक गत वर्षको असोज १३ यताकै न्यून हो । आज ४५ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ९ को स्थिर रह्यो ।

कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब २७ करोडको भयो । बैंकिङ ० दशमलव ०२ प्रतिशत बढेको छ भने अरु समूहगत सूचक घटेका छन् ।

विकास बैंक १.१५, फाइनान्स १.२८, हाइड्रोपावर १.०३, लगानी ०.४९, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.५३, अन्य २.२१ र व्यापार ०.३९ प्रतिशत घटेका छन् ।

आज धेरै कारोबार भएका कम्पनीमा मुक्तिनाथ विकास बैंक, नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।
हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ९.९३ प्रतिशत बढ्यो । कालिका लघुवित्तको ५.६९, इनिफिनिटी लघुवित्तको ३.८९, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको ३.७९ प्रतिशत बढ्यो ।