बडादसैंको छैटौं दिन आज, कात्यायनीदेवीको पूजाआराधना गरिँदै

Yangle News
Yangle News
२०८२ अशोज १२ गते
बडादसैंको छैटौं दिन आज, कात्यायनीदेवीको पूजाआराधना गरिँदै

बडादशैंअन्तर्गत आज देवी कात्यायनीको पूजा आराधना गरी मनाईंदैछ । अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ । आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा पूजा कोठामा कात्यायनी देवीको विधिपूर्वक पूजा गरिन्छ ।

नवरात्रको पहिलो दिन गएको सोमवार असोज ६ गते दशैं घर वा पूजा कोठामा विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा गरिएको थियो । दोस्रो दिन मंगलबार ब्रह्मचारिणी देवी, तेस्रो दिन बुधवार चन्द्रघण्टा, चौथो र पाँचौ दिन कुष्माण्डा देवीको, हिजो स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

नवरात्र भनिने दुर्गा आराधनाको पर्व यस वर्ष भने १० रात्र र ११ दिनको हुन पुगेको छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्दछ ।