मनसुनी सक्रियताले लगातार वर्षा

Yangle News
Yangle News
२०८२ भदौ १२ गते
मनसुनी सक्रियताले लगातार वर्षा

मनसुन सक्रिय भएकाले लगातार वर्षा हुँदा देशभर बाढीको जोखिम पनि बढेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तल छ तर बढ्ने सम्भावना छ ।

यसका अलावा आज दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च रहेको बाढी महाशाखाले जनाएको छ ।

यसैगरी आज इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोट, गोरखा, स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, नवलपरासीपूर्व, नवलपरासी पश्चिम, दाङ, सल्यान, सुर्खेत, बाँके, जुम्ला, कालीकोट, डोल्पा, मुगु, हुम्ला र आसपासका जिल्ला भई बहने केही स-साना नदीको पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम छ ।

उल्लिखित ५१ जिल्लाका बासिन्दालाई बाढीबाट सतर्क रहन बाढी महाशाखाले सुझाव दिएको छ ।

महाशाखाको बुलेटिन :

Yangle News

Yangle News