रिहा भए अफताब आलम

Yangle News
Yangle News
२०८२ जेष्ठ १४ गते
रिहा भए अफताब आलम

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट सफाइ पाएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम रिहा भएका छन् ।

नक्खु कारागारमा रहेका उनलाई परिवारको जिम्मा लगाएर रिहा गरिएको कारागारका जेलर भीमराज कोइरालाले जानकारी दिए । आलममाथि जिल्ला अदालत रौतहटले राजपुर बम काण्ड तथा त्यसपछि भएको व्यक्ति हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले आजै आलमलाई सफाइ दिएको थियो । उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले उनलाई सफाइ दिएको हो ।