जिल्ला होटल व्यवसायी संघ काठमाडौं र आइएमएस सर्भिसेज प्रालिबीच विमानस्थलमा सहायता कक्ष राख्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा संघका अध्यक्ष सुरेश बराल र आइएमएस सर्भिसेजजी प्रमुख कार्यकारी अधिकृत चारू श्रेष्ठले आज एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् । उक्त सम्झौतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा सहायता कक्ष स्थापना र सञ्चान गर्ने उल्लेख छ ।
यसबाट विशेष गरेर वैदेशिक रोजगार, वैदेशिक अध्ययन र स्वदेशी तथा विदेशी पाहुनाहरू भ्रमणको लागि नेपाल आउने र संघमा आवद्व व्यवसायीहरूको होटलमा बस्न चाहने अतिथिहरुलाई व्यवस्थित र सुरक्षित तवरले होटलसम्म पुर्याउन सहज हुने संघका अध्यक्ष बरालले बताए । उनले भने, ‘अब आगमन कक्षमा हाम्रो संघको सहायता कक्ष स्थापनापश्चात व्यवसायमा निकै ठूलो उपलबधि हुने र हाम्रो पाहुनाहरूलाई पनि सहजता प्राप्त हुने अपेक्षा गरेका छौं ।’
दुईपक्षीय सम्झौता हस्ताक्षर कार्यक्रममा संघका पदाधिकारीहरु तथा इकाईका नेतृत्वहरूसमेत उपस्थित थिए ।