तराईमा अधिकतम तापक्रम ४० डिग्री पुग्ने पूर्वानुमान

Yangle News
Yangle News
२०८२ बैशाख १२ गते
तराईमा अधिकतम तापक्रम ४० डिग्री पुग्ने पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले विगत केही दिनयता चार प्रदेशमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी अधिकतम तापक्रम मापन गरिएको जनाएको छ ।

आज शुक्रबार साँझ साँझ ७ बजेको बुलेटिनअनुसार आज मधेस प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा ४० डिग्री सेल्सियस र धेरै स्थानमा ३९ डिग्री सेल्सियस वा सोभन्दा बढी अधिकतम तापक्रम मापन गरिएको हो ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा भने विगत केही दिनदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको थियो । भोलि शनिबार पनि मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी रहने विभागको पूर्वानुमान छ ।

ती स्थानमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । त्यस्तै, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू-भागमा भोलिसम्म तातो लहरको सम्भावना रहेकाले सोको असरबाट बच्न पनि चेतावनी दिइएको छ ।

Yangle News Yangle News

Yangle News