ग्लोबल आइएमईका ग्राहकलाई ल्याव परीक्षणमा ४० प्रतिशत छुट

Yangle News
Yangle News
२०८१ मंसिर १९ गते
ग्लोबल आइएमईका ग्राहकलाई ल्याव परीक्षणमा ४० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने भएकाछन् ।

बैंक र भक्तपुरको राधेराधेस्थित सिग्मा डायग्नोसिस ल्याबबिच भएको समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले यो सुविधा प्राप्त गर्नेछन् ।

ल्याबमा गरिने परीक्षणमा ४० प्रतिशत र थप परीक्षणका लागि बाहिर लैजानु पर्ने अवस्थामा २० प्रतिशत छुट दिइने बैंकले जनाएको छ ।