ओलम्पिक खेलकुदमा क्रिकेट पनि समावेश

Yangle News
Yangle News
२०८० अशोज २९ गते
ओलम्पिक खेलकुदमा क्रिकेट पनि समावेश

 

ओलम्पिक खेलकुदमा अब क्रिकेट पनि समावेश हुने भएको छ । भारतको मुम्बईमा भएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको १४१औं सत्रमा क्रिकेटसहित ५ खेल ओलम्पिकमा समावेश गराउने निर्णय भएको हो ।

सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकमा क्रिकेटसहित बेसबलरसफ्टबल, फ्ल्याग फुटबल, सिक्सेज र स्क्वास पनि समावेश गरिएको छ । ओलम्पिकमा ट्वान्टी- २० फर्म्याटमा क्रिकेट प्रतियोगिता हुनेछ ।

सन् १९०० को ओलम्पिकपछि क्रिकेट पहिलो पटक ओलम्पिकमा फर्किएको हो । ओलम्पिकका लागि २०२५ मा छनोट प्रक्रिया सुरु हुनेछ ।