मानिसको शरीरले कति प्रकारका प्रेम महसुस गर्न सक्छ ?

Yangle News
Yangle News
२०८० अशोज ८ गते
मानिसको शरीरले कति प्रकारका प्रेम महसुस गर्न सक्छ ?

 

मानिसको शरीरले विभिन्न २७ प्रकारका प्रेम अनुभूत गर्न सक्ने अनुसन्धाताले पत्ता लगाएका छन् । फिनल्याण्डको अल्टो युनिवर्सिटीका अनुसन्धाताले गरेको अध्ययनले कसैको मायामा हुँदाको प्रेम, यौनका समय उत्पन्न हुने प्रेम, आमा बुवासँगको प्रेम, साथीहरुबीचको प्रेम, अपरिचित व्यक्तिप्रतिको प्रेम, भगवानप्रतिको प्रेम या आफूलाई गरिने प्रेम जस्ता २७ प्रकारका प्रेमको अनुभूति मानिसले गर्नसक्ने बताएका हुन । यो सम्बन्धी अध्ययनको समाचार एक विज्ञान सम्बन्धी जर्नलमा प्रकाशित गरिएको छ ।

उच्च शिक्षा अध्ययनरत युवतीहरुमा गरिएको अध्ययनमा सबै प्रकारका प्रेम टाउकोबाट सुरु भएर शरीरका अन्य अंगहरुमा फरक वेगका साथ फैलने देखिएको छ । केही भने छातीमा असर गर्दै पूरा शरीरमा महसूस गरिएको पाइयो ।

प्रेमको महसुस शरीरमा जति बढी हुन्छ, त्यतिनै यो मस्तिष्कमा सुखद अनुभूति हुन्छ । कम प्रेमिल महसुस गरिएको अवस्थामा मास्तिष्कले पनि लगातार कम उत्तेजना पैदा गर्ने बताइएको छ ।