लम्पी स्किन रोग पीडितलाई क्षतिपूर्ति माग्दै पशुकिसान धर्नामा

Yangle News
Yangle News
२०८० असार २७ गते
लम्पी स्किन रोग पीडितलाई क्षतिपूर्ति माग्दै पशुकिसान धर्नामा

 

लम्पी स्किन रोगको नियन्त्रण र महामारीमा क्षति भएका पशुचौपायहरुको उचित क्षतिपूर्तिसहितको माग राख्दै आएका पीडित किसानहरुले धर्ना सुरु गरेका छन् ।

आज ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभाग परिसरमा पुगेर उनीहरुले आफूहरुको ६ बूँदे माग सम्बोधन गर्न दवाव स्वरुप एक घण्टा धर्ना दिएका हु न्। यो रोग तत्काल नियन्त्रण गर्न र पीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्न आफूहरुले सरकारलाई बाध्य बनाउने गरी आन्दोलनको कार्यक्रम सुरु गर्नु परेको अखिल नेपाल किसान महासंघले जनाएको छ ।

रोगको नियन्त्रण, पशुपालक किसानहरुलाई राहत, विस्थापित हुने अवस्थामा पुगेका किसानहरुलाई पुनस्र्थापना , कर्जा लिएकाहरुलाई कर्जा मिनाहा लगायत उनीहरुको माग छ । पर्याप्त मात्रामा भ्याक्सिनको व्यवस्था र प्राविधिकको सुविधा, पशु व्यवसाय गरिरहेका किसानलाई सुलभ कर्जाको व्यवस्था  लगायत उनीहरुको माग छ ।

७० प्रतिशतभन्दा बढी पशु चौपाया लम्पीस्किनको कारण मरिसकेको महासंघको भनाइ छ । लम्पी स्किन महामारीका कारण विस्थापित किसानहरुको पुर्नस्थापना र उनीहरुका लागि विमाको भुक्तानी गर्न पनि सरकारसँग माग गरिएको अखिल नेपाल किसान महासंघ, काठमाडौंका इन्चार्ज पुस्कर प्याकुरेलले बताए ।

289 views