प्रधानमन्त्री दाहालद्वारा महाकालेश्वर मन्दिरमा पूजा

Yangle News
Yangle News
२०८० जेष्ठ १९ गते
प्रधानमन्त्री दाहालद्वारा महाकालेश्वर मन्दिरमा पूजा

 

भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गरेका छन् । सोक्रममा प्रधानमन्त्री दाहालले मन्दिरमा १ सय ८ किलोग्राम रुद्राक्ष समेत चढाएका छन् ।

भारत भ्रमणको तेस्रो दिन प्रधानमन्त्री दाहाल मध्य प्रदेश पुगेका हुन् । मध्य प्रदेशको इन्दौरमा प्रधानमन्त्री दाहाललाई त्यहाँका मुख्यमन्त्री शिवराज चौहानले स्वागत गरेका थिए । इन्दौरको फोहोर व्यवस्थापनको विषयमा पनि अवलोकन भ्रमण गर्ने उनको कार्यक्रम रहेको छ ।

आज प्रधानमन्त्री दाहाल इन्दौरको होटल मेरियटमा बस्नेछन् । त्यहाँ उनीसँग मध्य प्रदेशका राज्यपाल मंगुभाइ पटेलले भेट गर्नेछन् । मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले प्रधानमन्त्री दाहालको सम्मानमा रात्रिभोजको पनि आयोजना गर्नेछन् । दाहाल शनिबार दिल्ली हुँदै काठमाडौं फर्कने कार्यक्रम छ ।

 

429 views