भारतले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइएलएसमा उडान गर्न दिने

Yangle News
Yangle News
२०८० जेष्ठ १८ गते
भारतले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइएलएसमा उडान गर्न दिने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आइएलएस (इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम) मा भारतले सहमति दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा भारतीय पक्षले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आइएलएस उडान तथा अवतरण कार्यविधिमा सहमति जनाएको हो ।

भारतले गौतमबुद्ध र पोखरा विमानस्थलबाट नजिकका विमानस्थलमा उडान गर्न दिने विषयमा छलफल गरेर टुंगोमा पुर्‍याउने सहमति गरेको छ ।

अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस उडानको बाटो खुलेको छ ।

यसअघि आइएलएसमा भारतको सहमति नहुँदा गौतमबुद्धमा भीएफआर उडान मात्र भइरहेको थियो ।

आइएलएस उडानमा भारतले सहमति नदिँदा मौसम अनकुलतामा उडान हुन सकेको थिएन । जसकारण विगतमा यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गरेको जजिरा एयरवेजले केही महिना उडान नै रोकेको थियो ।