नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

Yangle News
Yangle News
२०८० जेष्ठ १७ गते
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको भाउ प्रतितोला ३ हजार ९ सय रुपैयाँ बढेर हालसम्मकै उच्च कायम भएको छ । आज सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट १५ प्रतिशत पुर्‍याएकाले नेपालमा मूल्य उच्च दरले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सामान्य बढे पनि नेपाली बजारमा दुई दिनमै ३ हजार ९ सय रुपैयाँ बढेको हो । महासंघका अनुसार मंगलबार भन्सार महसुल बढेको अनुमानित आधारमा मूल्य निर्धारण गरिएको थियो । तर बुधबार भने भन्सार महसुल थप ५ प्रतिशत विन्दु बढेको आधारमा मूल्य निर्धारण गर्दा मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

अहिले अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिऔंस घटेर १९६३ डलर हुँदा नेपाली बजारमा हालसम्मकै उच्च प्रतितोला १ लाख १२ हजार रुपयाँ पुगेको हो ।