रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाँदा तोकिए बमोजिमको मूल्यमामात्रै हवाई टिक लिन सूचित गरिएको छ ।
युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिले सूचना जारी गर्दै सरकारसँग भएको सम्झौता अनुसार तोकिएको भाडा तिरेर कोरिया जान अनुरोध गरेको हो ।
गत माघ तीन गते वैदेशिक रोजगार विभागको ईपीएस शाखा र युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिबीच भएको सम्झौता अनुसार ८ सय ९५ अमेरिकी डलर भाडा निर्धारण गरिएको छ ।
सोही अनुसार राष्ट्र बैंकको प्रचलित विनिमयदर बमोजिम हुन आउने रकम सौझै तोकिएको बैंक खातामा जम्मा गरी टिकट लिन अनुरोध गरिएको छ ।
यदि, कसैले तोकिएको भन्दा बढी रकम लिएमा वा लिने प्रयास गरेमा उजुरी गर्न आह्वान गरिएको छ । उजुरी वैदेशिक रोजगार विभागको ईपीएस शाखा र युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिको ईपीएस शाखामा गर्न सकिने छ ।