नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर कारोबार रोक्का गरेको छ । कर्पोरेसनले लाभांश सम्बन्धी सूचना समयमै जानकारी नगराएपछि नेप्सेले काराबाही गरेको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसनले बिहीबार बिहान ८ः३० बजे सञ्चालक समितिको बैठक बसी १०% बोनस सेयर र कर सहित ५% नगद लाभांश दिने निर्णय गरेको थियो ।
तर कर्पोरेसनले लाभांश सम्बन्धी निर्णयको जानकारी भने दोस्रो बजारमा कारोबार खुला भइसकेपछि मात्र नेप्सेलाई जानकारी गराएको हुनाले काराबाहीमा परेको नेपाल स्टक एक्सचेन्जका बरिष्ठ अधिकृत कुलचन्द्र रिजालले बताए। नेप्सेले सेयर कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टीकरण पेश गर्नसमेत साल्ट ट्रेडिङलाई निर्देशन दिएको छ ।