आज नवनिर्वाचित सांसदले शपथ ग्रहण गर्दै

Yangle News
Yangle News
२०७९ पुस ७ गते
आज नवनिर्वाचित सांसदले शपथ ग्रहण गर्दै

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दैछन्। संघीय संसद् सचिवालयका अनुसार नयाँ बानेश्वर स्थित संसद् भवनमा आज दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ।

नवनिर्वाचित २७५ सांसदलाई सपथ गराउनका लागि सभाका जेष्ठ सदस्य पशुपतिशम्शेर राणाले हिजो राष्ट्रपति भवनमा सपथ लिई सकेका छन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।

शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने उनले बताए। शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको छ। शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ। मातृभाषामा शपथ लिन चाहने सांसदलाई बिहीबार बिहान ११ बजेसम्मको समय दिइएको छ।

प्रवक्ता पाण्डेका अनुसार बिहिबार दिउँसो १ बजे हुने सपथका बेला स्वदेशी तथा विदेशी पाहुनाहरुलाई पनि आमन्त्रण गरिएको छ।

यस्तै सांसदहरुलाई आकस्मिक उपचार सेवाको पनि व्यवस्था गरिएको संघीय संसदका चिकित्सक डा. पुष्प रिजालले जानकारी दिए ।

 

314 views