सप्तरीमा बेपत्ता राउतको शव भेटियो पोखरीमा

Yangle News
रासस
२०७९ मंसिर १४ गते
सप्तरीमा बेपत्ता राउतको शव भेटियो पोखरीमा

सप्तरीमा एक जनाको हत्या भएको छ।

सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको हो।

उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा फेला परेको छ। हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशकुमार सिंहले बताए।

उनी सोमबारदेखि बेपत्ता थिए। राउतको खोजी गरिदिन उनका परिवारले प्रहरीलाई अनुरोध गरेका थिए। मंगलबार पोखरीमा उनको शव फेला परेको थियो।

‘तालिमप्राप्त कुकुरको घटनाको अनुसन्धान अघि बढाएका छौँ’, उनले भने।

278 views