आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेस संखुवासभाले कारबाहीमा परेको नेता कार्यकर्तालाई माफी दिने भएको छ ।
पार्टी कार्यालय संखुवासभाले एक विज्ञप्ति जारी गर्दै निर्वाचनलाई लक्षित गरी नेता कार्यकर्ताको कारबाही फुकुवा गरी सहभागी गराउने जनाएको हो ।
जिल्ला पार्टी सभापति दिपक खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनुशासनको कारबाही गरिएका सम्पूर्ण नेता तथा कार्यकर्ता ज्यूहरूको बारमो आसन्न २०७९ साल मंसिर ४ गने हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी गराई क्रियाशील गराउने र उल्लेखित व्यक्तिहरूको योगदान तथा क्रियाशिलताको आधारमा कारबाही फुकुवा हुने व्यहोरा जिल्लाका सबै तहहरूमा उल्लेखित व्यक्तिहरूलाई जानकारी गराइन्छ ।’