चाडबाडका बेला हवाई टिकटको माग अत्यधिक हुँदा महँगोमा बिक्री गर्न सक्ने सम्भावनालाई ध्यान दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।
सरकारबाट स्वीकृत भाडाभन्दा बढी रकम यात्रुबाट नलिन तथा लिए कारबाही हुने चेतावनी पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई दिएको छ ।
नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको भाडादरअनुसार सबैभन्दा धेरै हवाईभाडा काठमाडौं-धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम काठमाडौं-सिमराको ३ हजार ९७८ रुपैयाँ तोकिएका छन् ।
भाडादर :