थाइल्यान्डकी ओपलले जितिन् ‘मिस वर्ल्ड’को उपाधि

Yangle News
Yangle News
२०८२ जेष्ठ १८ गते
थाइल्यान्डकी ओपलले जितिन् ‘मिस वर्ल्ड’को उपाधि

सन् २०२५ को मिस वर्ल्डको उपाधि थाइल्यान्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् । शनिवार बेलुका भारतको हैदराबादमा आयोजित समारोहमा उनले ७२औं मिस वर्ल्डको उपाधि जितेकी हुन् ।

विजेता ओपललाई अघिल्लो संस्करणकी विजेता क्रिस्टिना पिस्ज्कोभाले ताज पहिर्‍याइदिइन् । २१ वर्षीया ओपल अन्तर्राष्ट्रियसम्बन्धी विद्यार्थी हुन् ।

अन्तिम चारमा अमेरिका तथा क्यारेबियनबाट मार्टिनिक, अफ्रिकाबाट इथियोपिया, युरोपबाट पोल्यान्ड र एशियाबाट थाइल्यान्डबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा दोस्रो नम्बरमा इथियोपियाकी हैसेट देरेज र तेस्रो नम्बरमा मार्टीनिककी आरेली योहाचिम थिइन् । ७ मे मा शुरू भएको प्रतियोगिता ३१ मे अर्थात् हिजो मिस वर्ल्ड चुनेर समापन भएको छ ।

नेपालबाट सृच्छा प्रधानले मिस वर्ल्डमा प्रतिनिधित्व गरेकी थिइन् । तर उनी अन्तिम ४० अर्थात् क्वार्टरफाइनलमा नपुग्दै बाहिरिएकी थिइन् । प्रतियोगितामा नेपालसहित एक सय आठ देश सहभागी थिए ।